शान्तिनगर गाउँपालिकाको कार्यालय जुम्लेकुलामा

बुधबार, भदौ ५, २०८१

लशान्तिनगर ( दाङ दाङस्थित शान्तिनगर गाउँपालिकाको कार्यालय जुम्लेकुला भएको छ । भदौ २ मा चिराघाटबाट झन्डै साढे २ किलोमिटर पश्चिमको जुम्लेकुलामा कार्यालय स्थान्तरण गरिएको हो ।

चिराघाट र जुम्लेकुला एउटै वडामा पर्छन । जुम्लेकुलामा सरेपछि गाउँपालिका हाल वन कार्यालय, स्वाथ्यका गतिबिधि सञ्चालन गर्दै आएको आर्युेबेदिक कार्यालय र खानीपानीका कार्यालयहरु बाट सञ्चालन गरिएको छ । ती सबै कार्यालय गाउँपालिकाले निशुल्क रुपमा उपयोग गर्दै आएको छ ।

सात वडा रहेको पालिकाबासी सबैलाई पायक परोस भन्ने उदेश्यले शान्तिनगर गाउँपालिका– ४ चिराघाटबाट सञ्चालन हुँदै आएको कार्यालय जुम्लेकुलामा स्थान्तरण गरिएको गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिए । सर्बोच्च अदालतले साउन २५ गते गाउँसभाको पक्षमा निर्णय गरेको थियो । त्यसपछि गाउँपालिकाको कार्यालय जुम्लेकुलामा सारिएको अध्यक्ष बस्नेतले बताए ।

यसअघिको चिराघाटकोस्थित कार्यालय खोल्सोमा थियो । त्यहाँ राम्रो संग मोवाइल फोन नलाग्ने समस्या थियो ।

अब जुम्लेकुलामा त्यस्तो कुनै समस्या नरहने तथा जुम्लेकुला सबै वडा बासीका लागि पायक पर्ने केन्द्र भागमा रहेको गाउँपालिका अध्यक्ष बस्नेतले बताए ।

गाउँपालिकाका सात वडाहरु मध्य बबई नदी संग जोडिएको वडा नं.६ हो भने सल्यानको सीमाना जोडिएको वडा नं. १ हो । वडा नं. २ र ३ पनि पहाडी भूभाग हुन ।

जुम्लेकुला वडा नं.२, ५, ४ वडाबासीका लागि सम्निकट पर्छ ।

कार्यापालिकाको कार्यालय जुम्लेकुलामा स्थान्तरण गर्ने निर्णय गत माघमै भएको थियो । गाउँपालिकाको १५औं गाउँसभा मार्फत गाउँसभाका सबै ३९ सदस्यले त्यो निर्णय एक मतले पारित गरेका थिए ।

तर, चिराघाट बासीले त्यसको बिरोध गरेका थिए ।

त्यसैले स्थानीय केशब खड्का र कर्णदेव देवकोटाले सर्वौच्च अदालत पुगेका थिए । सर्बोच्चले त्यो रिट नै खारेज गरिदिए पछि गाउँपालिकालाई आफ्नो निर्णय कार्यान्वयन गरि अगाडि बढ्न सजिलो भएको हो ।

यो भन्दा पहिले कमानसिंह डाँगी गाउँपालिकाको अध्यक्ष छँदा २०७५-०७६ सालदेखि नै गाउँपालिकाको कार्यालय सार्ने प्रयास भएको थियो । उतिखेरपनि केही स्थानीय उच्च अदालत तुलसीपुर दाङमा पुगेर निर्णय रोक्न माग गर्दै निबेदन दिएका थिए । उच्च अदालतको स्टे अडरका कारण उतिखेर कार्यालय स्थान्तरणको प्रक्रिया संभव भएको थिएन ।

जुम्लेकुलाका तीन जना ब्यक्तिले आँफुहरुले भोगचलन गर्दै आएको ऐलानी १५ कठ्ठा जग्गा गाउँपालिकाको भवन निर्माणका लागि निशुल्क रुपमा उपलब्ध गराउने निर्णय स्थानीय पहलबहादुर डाँगी , कुष्ण केसी र दुर्गा वली गरि सकेका थिए । त्यस्तै अरु आसपासको ऐलानी जग्गापनि प्राप्त गर्ने गरि छलफल जारी रहेको गाउँपालिका अध्यक्ष बस्नेतले बताए ।

जुम्लेकुलामा गाँउपालिकाको नयाँ कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाइने अध्यक्ष बस्नेतले बताए। ‘तत्कालै डिपीआरको काम सुरु हुन्छ र एक दुई महिन भित्रै भवन निर्माणको लागि टेन्डर आह्वान भइ सक्छ,’ बस्नेतले भने । चिराघाटको संरचना अब वडा नं. ४ को कार्यालय रहने छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्