मोटरसाइकलका पार्टपूर्जा खोल्दै गरेका ४ चोरलाई जब प्रहरीले भेट्यो......

मंगलबार, भदौ ४, २०८१

तुलसीपुर । दाङ प्रहरीले चोरी भएका दुई वटा मोटरसाइकलका पार्टपूर्जा खोलिरहेको अवस्थामा ४ जना चोरलाई पक्राउ गरेको छ।

प्रहरीले मोटरसाइकल चोरी गरेर पार्टपूर्जा खोल्दै गरेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-५ का बिष्णु चौधरी , तुलसीपुर-१८ हेमन्तपुरका देवदास देवकोटा, सोही स्थानकै श्रीजन रिजाल र शिशिर खड्कालाई पक्राउ गरेको जनाएको छ।

दाङ प्रहरीका उनीहरु तुलसीपुर-१५ पहरुवास्थित नर्सरी भित्र चोरी भएका रा ८ प ३३५८ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल र रा ६ प ७७४१ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलका पाटपूर्जा खोलिरहेको अवस्थामा पक्राउ परेका हुन् । 

दाङ प्रहरीले पक्राउ परेका मोटरसाइकल चोरहरुसँँग थप अनुसन्धान गरिरहेको पनि जनाएको  छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्