जग्गा विवादमा दिदीको हत्या

सोमबार, भदौ ३, २०८१
Neuro hospital Nepalgunj

कास्की । जग्गा विवादका कारण एक महिलाको विभत्स हत्या भएको छ।  म्याग्दीमा आइतबार साँझ मालिका गाउँपालिका-३ डाँडागाउँको गलकोटमा ४३ वर्षीया बिनाकुमारी विकको विभत्स  हत्या भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनकै नाताले भाइ पर्ने ३५ वर्षीय भाइ दलबीर श्रीपालीले हत्या गरेका हुन् ।

सोही वडाका वडाध्यक्ष मोतीप्रसाद बुढाका अनुसार जग्गा विवादमा घटना भएको हो । विवादकै बिचमा दलबीरले बिनाकुमारीमाथि बञ्चरो प्रहार गरेका थिए ।

बिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेनीमा राखिएको छ ।

घटना लगत्तै भागेका दलबीरलाई सोही वडाको खेतन गाउँस्थित आफन्तको घरबाट गए राति ११ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्