मोटरसाइकल दुर्घटनामा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

सोमबार, भदौ ३, २०८१

चितवन । मोटरसाइकल दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ। 

आज बिहान  चितवनस्थित खैरहनी नगरपालिका-८ बाबा पेट्रोल पूूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरीबाट खोलेसिमलतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००३प ६२७ नम्बरको मोटरसाइकल खैरहनीमा दुर्घटना हुँदा प्रहरी वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका लमजुङ राइनस नगरपालिका-६ धमेलीकुवा घर भएका ४३ वर्षीय वरिष्ठ हवल्दार श्रेष्ठको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।

चितवन प्रहरीले दुर्घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्