भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा

आइतबार, भदौ २, २०८१

हेटौंडा । बागमती सरकारले यहि भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बागमती सरकारको मन्त्रिपरिषद बैठकले भदौ ४ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर जानकारी गराएको हो।

मन्त्रालयका अनुसार भदौ ४ गते मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ। बागमती सरकारले गाईजात्राका दिन बिदा दिने निर्णय गरेको हो।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्