थारु कल्याणकारिणी सभा बाँकेको अध्यक्षमा संगिता चौधरी

शनिबार, भदौ १, २०८१

बाँके  । थारु कल्याणकारिणी सभा बाँकेको अध्यक्षमा संगिता चौधरी सर्वसम्मत चयन भएकी छिन् । नेपालगञ्जमा सम्पन्न ११औं अधिवेशनबाट संगिताको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो।

सर्वसम्मतरुपमा चयन गरिएको १७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा बनिलाल थारु, परिना थारु र उषा चौधरी छन् । यस्तै सचिवमा विष्णु कुमारी चौधरी, सहसचिव परशुनारायण थारु र कोषाध्यक्षमा मनोज कुमार थारु चयन भएका छन् । यसैगरी सदस्यहरुमा कालुराम थारू, भिख्खु थारु, भगौती प्रसाद थारु, जंगली थारू, लक्ष्मी थारु, दिपक थारू, निर्मला चौधरी, तिर्थ बहादुर चौधरी, संजय कुमार थारु र प्रदेशराम थारु छन् । अधिवेशनबाट ८ जना पार्षद समेत चयन गरिएको छ । नेम नारायण सिंह थारू, जनक बहादुर थारू, सन्तोष चौधरी, जागेश्वर थारु, चन्तराम थारु, विनोद थारु, जीत बहादुर थारु र चन्द्र बहादुर चौधरी पार्षद चयन भएका छन् ।

अध्यक्ष विनोद थारुको अध्यक्षतामा भएको ११औं अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद भुवनेश्वर थारु रहेका थिए । उद्घाटन सत्रमा लुम्बिनी प्रदेश सांसद दुर्गा प्रसाद थारु, कांग्रेस बाँकेका सभापति नाराण प्रसाद गौडेल, एमाले सचिव बलराम भट्टराई, माओवादी नेता पट्टु थारु, कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषण केसी लगायत अतिथिका रुपमा थिए । 

अधिवेशनको उद्घाटन शत्रमा थारु कल्याणकारिणी सभा बाँकेलाई विभिन्न समयमा योगदान पु¥याएका दर्जन बढी व्यक्तिलाई कदर र दोसल्लासहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्