सोलुखुम्बु बाढीमा ७ जनाको उद्धार, एक जना बेपत्ता

शुक्रबार, साउन ३२, २०८१
Neuro hospital Nepalgunj

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामेमा आएको बाढीले एक दर्जन भन्दा बढी घर बगाएको छ । साथै विद्यालय र क्लिनिकमासमेत क्षति पुगेको बताइएको छ । केही बेपत्ता भएको शंका गरिएको छ । 

केहीको भने उद्दार भएको छ । थामे खोलामा एक्कासी बढेको बहावले उक्त क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले एक जना बेपत्ता भएको पुष्टि गरेको भए पनि थप केही बेपत्ता भएको हुन सक्ने शंका गरिएको छ । 

सुरक्षा निकायले उद्दारको काम जारी राखेको छ । स्थानीय प्रशासनले थामे खोलाको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने जनाएको छ । 

थामेमा बाढी पसेको हुनाले उक्त क्षेत्रका ७ वटा घर अझै जोखिमपूर्ण अवस्थामा छन् । सञ्चार र विद्युत् सेवा प्रभावित भएकाले यकिन विवरण आउन सकेको छैन । 

 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्