लुम्बिनी सरकारले आँखाको नानीको प्रत्यारोपण नि:शुल्क गर्ने

बिहीबार, साउन ११, २०८०
Neuro hospital Nepalgunj

दाङ । लुम्बिनी सरकारले आँखाको नानीको प्रत्यारोपण नि:शुल्क गर्ने भएको छ । प्रदेश  स्वास्थ्य मन्त्रालयले आँखाको नानी प्रत्यारोपणका लागि नि:शुल्क गर्ने तयारीका बजेट समेत विनियोजन गरेको छ।

लुम्बिनीले गरिरहेको यो कार्यक्रम देशका ७ प्रदेश मध्ये पहिलो हुने छ । आँखाको ज्योती गुमाएर अन्धोपन भएकाहरुलाई सोही अबस्थामा बसीरहन नपरोस भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्य मन्त्री राजु खनालले जानकारी दिए ।

कार्यविधि बनाएर कार्यक्रम लागु गरिने उनले बताए । आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोध भर्ना गर्ने गरि कार्यविधि तयार गर्न थालिएको उनले जानकारी दिए ।

विभिन्न कारणले आँखाको ज्योती गुमाएकाहरुका लागि कार्यक्रम निकै महत्वपूर्ण हुने विश्वास गरिएको स्वास्थ्य सचिव डा।जनार्दन पन्थीले बताए ।

आँखाको ज्योती गुमाएका धेरै ब्यक्तिहरु रकम अभावका कारण नानी प्रत्यारोपण गर्न नसक्नेहरु कार्यक्रमबाट लाभान्बित हुने उनले आशा ब्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्