स्कारपियोमा लैजाँदै गरिएको २ क्विन्टल बढी गाँजा बरामद

शुक्रबार, साउन ३२, २०८१

सुनसरी । सशस्त्र प्रहरीले गएराति सुनसरीको हरिनगर गाउँपालिका २ स्थित भुटाहा-   घुस्की भित्री सडक खण्डको नर्कटियामा भुटाहाबाट घुस्कीतर्फ जादैँ गरेको गाडीबाट सशस्त्र प्रहरीले २२० किलो गाँजा बरामद गरेको छ । 

राति ९ बजेर २० मिनेटमा बीआर–११ टी १६०० नम्बरको भारतीय स्कारपियो गाडी सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भुटाहाबाट सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतको कमाण्डमा खटिएको २ जनाको मोटरसाइकल गस्ती टोली र प्रहरी चौकी भुटाहाबाट खटिएका प्रहरी नायव निरीक्षक पर्वत रायमाझीको कमाण्डमा खटिएको २ जना गरी जम्मा चार जनाको संयुक्त टोलीलाई देखेर अन्दाजी ४०० मिटर अगाडि गाडी छाडी चालक फरार भएको सशस्त्रले जनाएको छ । 

स्कारपियो गाडी नियन्त्रणमा लिई सुरक्षा बेश भुटाहामा ल्याई आवश्यक चेकजाँच गर्दा प्रतिबन्धित लागू औषध गाँजा २२० केजी फेला परेको हुँदा उक्त स्कारपियो गाडी र गाँजा आवश्यक कारबाहीको लागि राति १० बजेर ४५ मिनेटमा प्रहरी चौकी भुटाहा सुनसरीमा बुझाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १३:२२
प्रतिक्रिया दिनुहोस्