नाइजेरियामा राष्ट्रपतिलाई हिरासतमा लिदै सेनाले हातमा लियो सत्ता

बिहीबार, साउन ११, २०८०

काठमाडौं । नाइजेरिमा सैनिकले सत्ता आफ्नो कब्जामा  लिएको छ । 

राष्ट्रपति मोहम्मद बजुमलाई सैनिक हिरासतमा लिदै त्यहाँका सेना प्रमुख कर्नेल अमादु अब्दरामले देशको संविधान भंग भएको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

नाइजेरियाका सेना प्रमुखले त्यहाँको राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै सबै सरकारी संस्थान र देशका सबै सिमाना बन्द गरिएको पनि बताएका छन्।

कर्नेल अब्दरामले देशको सुरक्षा व्यवस्था लगातार बिग्रिँदै गएको र आर्थिक तथा सामाजिक व्यवस्था पनि नाजुक भएपछि शासन सत्ता हातमा लिएको बताएका छन् ।

विश्व शक्तिमान राष्ट्र अमेरिका र संयुक्त राष्ट्र संघले हिरासत रहेका राष्ट्रपतिको समर्थनमा रहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १०:३०
प्रतिक्रिया दिनुहोस्