श्रीमतीको हत्या आरोपमा दाङमा श्रीमान पक्राउ

बुधबार, साउन ३०, २०८१

लमही( दाङ ) । दाङको लमहीमा लाठी प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले  पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दाङले लमही नगरपालिका- स्यालेस्थित ४४ बर्षीय चक्रबहादुर भनिने श्यामकुमार कुमालले ४२ वर्षीया श्रीमती इश्वरी कुमालको लाठी प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ गरेको जनाएको छ।

मंगलबार राति ८ बजेतिर पसलबाट घर फर्किने क्रममा श्रीमानले बाटोमै श्रीमतीमाथि लाठी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीका अनुसार लाठी प्रहारबाट इश्वरीको घटनास्थलमै मृत्यु भएपछि श्याम भाग्न खोजेपनि जलकुन्डीका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

पसलबाट फर्किने क्रममा बिबाद भएपछि श्रीमानले एकाएक बाटोमा लाठीले श्रीमतीमाथि लाठी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ ।

हत्या आरोपी श्यामलाई वडा प्रहरी कार्यालय लमहीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्