बाँकेमा १७ जनामा डेंगु संक्रमण

बुधबार, साउन ३०, २०८१

बाँके  । बाँके जिल्लामा मात्रै ७ महिनाको अवधिमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा सन् २०२४ को सात महिनामा १७ जनाले डेंगुको उपचार गराएको स्वास्थ्य कार्यालय बाँकेकी कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी दिइन् । 

आर्थिक बर्ष ०८०/८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा ९४ जनामा डेंगु पुष्टि भएको तथ्यांक छ ।

स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार गत आर्थिक बर्ष ०८०/८१ मा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा ४५, खजुरामा ३६, नेपालगञ्जमा १२ र बैजनाथ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको थियो ।

यस बर्ष नेपालका चार जिल्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमित फेला परिसकेका छन् । हिमाल, पहाड र तराईका जिल्लाहरूमा निरन्तर डेंगु संक्रमित फेला परिरहँदा त्यसको नियन्त्रण चुनौति बनिरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्