इमाडोलको बोझेपोखरी सडक भासियो

बुधबार, साउन ३०, २०८१

ललितपुर । ललितपुरक्ल इमाडोल सडक भासिएको छ।

आज  बिहान जिल्लास्थित महालक्ष्मी नगरपालिका-३ इमाडोल बोझेपोखरी जाने बाटोमा सडक भासिएको हो।

ललितपुर प्रहरी परिसरका अनुसार नयाँ पुल हुँदै काठमाडौं जोड्ने  बोझेपोखरी जाने सडकमा भ्वाङ परेर ३ मिटर भासिएको हो। सडक भासिएपछि उक्त सडक पूूर्ण रुपल्र बन्द गरिएको ललितपुर प्रहरीले जनाएको छ।

मंगलबारदेखि नै उक्त सडकमा खाल्डो पर्न थालेको र गएरातिको वर्षाले आज सडक भासिएको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:३३
प्रतिक्रिया दिनुहोस्