सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

बुधबार, साउन ३०, २०८१

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन् । गत साउन २० गते कांग्रेस–एमाले समर्थनबाट शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहले आज विश्वासको मत लागेका हुन् ।

दुई ठूला दलको समर्थनबाट दोस्रो पटक मुख्यमन्त्री भएका शाहको यो विश्वासको मत औपचारिकमात्र हुनेछ । किनकि उनको पक्षमा ढुक्कसँग बहुमत रहेको छ । 

केन्द्रमा एमाले र कांग्रेसबीच २०८४ सालसम्मै सरकारको नेतृत्व गर्ने सहमति भएसँगै प्रदेशमा पनि यसको दरिलो प्रभाव परेको छ । 

 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्