रास्वपाका सांसद बोल्दै गर्दा सभामुखले माइक काटिदिएपछि.....

मंगलबार, साउन २९, २०८१

काठमाडौँ । आजको प्रतिनिधि सभा बैठकका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोल्दै गर्दा सभामुख देवराज घिमिरेले माइक काटिदिएका छन् ।

बोल्दै गर्दा माइक काटिएपछि रास्वपाका सांंसदहरुले  विरोध जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा उनीहरुले उठेर विरोध जनाएका हुन् । 

रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताएपछि विद्युत बक्यौता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटेपछि विवाद बढेको हो ।   

त्यसपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए । उनीहरुले उठेर विरोध जनाएसँगै एकैछिन संसद अवरुद्ध भएको थियो । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:०८
प्रतिक्रिया दिनुहोस्