बाँकेको कोहलपुरबाट ५ किलो अफिमसहित ३ जना पक्राउ

बिहीबार, साउन ११, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । बाँकेको कोहलपुरबाट प्रहरीले ५ किलो अफिमसहित तीन जना पक्राउ गरेको छ । 

कोहलपुर नगरपालिका वडा नम्बर ११ बसपार्कस्थित कोहलपुर कटेज रेष्टुरेष्ट एण्ड लजबाट जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ का ४१ बर्षीय हरिप्रसाद भट्टराई, ३० बर्षीय देबीप्रसाद भट्टराई र ४० बर्षीय भवानी प्रसाद भट्टराईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । 

उक्त लजको कोठा नम्बर १०६ मा लागूऔषध अफिमको कारोबार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त टोलीले ५ किलो ३६८ ग्राम अफिम र ३ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरेको हो । 

जिल्ला अदालत बाँकेबाट पाँच दिन म्याद थप गरी उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्