ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

मंगलबार, साउन २९, २०८१

सप्तरी । ट्रक दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। सप्तरीस्थित पूूर्व-पश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका-५ बाट पूूर्वतर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको सप्तरी प्रहरीले जानकारी दिएको छ। 

आज बिहान साढे ६ भएको उक्त मधेस प्रदेश -०३-००१ ख ८१८१ नम्बरको ट्रक दुर्घटनामा मोरङको उर्लावारि नगरपालिका-१ का २५ वर्षीय चालक सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार क्लिन्कर लोड गरेको  सडकदेखि २० मिटर तल खसेको ट्रकमा चालकको च्यापिएको अवस्थामा मृत्यु भएको थियो।

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्