कांग्रेस बाँकेका पूर्व कोषाध्यक्ष अच्युत प्रसाईंको निधन

सोमबार, साउन २८, २०८१

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेका नेता तथा पूूर्व कोषाध्यक्ष अच्युत प्रसाईंको निधन भएको छ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका प्रसाईंको आज उपचारको क्रममा मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको हो ।

लामो समयदेखि निमोनियाबाट ग्रसित प्रसाईं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य समेत भएका थिए । नेपालगञ्जको उद्योग व्यवसायको विस्तार, विकास र प्रबद्र्धनमा नेतृत्वदायी भूमिका खेलेका प्रसाईंको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । 

व्यवसायसंगै नेपालगञ्जको शैक्षिक उन्नयनमा पनि उनको योगदान छ । निजी विद्यालय र बैंकिंग क्षेत्रमा पनि उनले लगानी गरेका छन् । प्रसाईं राजनीतिमा पनि सक्रिय थिए ।    

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्