बाँकेमा ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्युु

आइतबार, साउन २७, २०८१

बाँके । सल्यानको कपुरकोटमा कार्यरत प्रहरी जवानको बाँकेमा ट्रकको ठक्करबाट मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका-९ घर भइ सल्यानस्थित प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बिकको बाँकेमा ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

शनिबार बिहान बाँके जिल्लाको बैजनाथ गाउँपालिका-५ जी गाउँ चोकमा भे १ क २०६२ नम्बरको ट्रकले प्रहरी जवान बिकले चलाएको बा.प्र ०३–००५– प २०५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बिकको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

मोटरसाइकलमा सवार अर्का ब्यक्तिपनि गम्भीर घाइते छन् । उनको उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ । अर्का घाइते को हुन भन्ने बारे प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:५३
प्रतिक्रिया दिनुहोस्