आज कांग्रेस बैठकको चौथो दिन

आइतबार, साउन २७, २०८१

काठमाडौं  । कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बुधबारबाट शुरु भएको बैठकको आज  चौथो दिन हो ।   

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा प्रस्तावित ११ वटा एजेन्डाहरूमा छलफल जारी छ ।

नेताहरूले सो विषयमा आफ्ना धारणा राखिरहेका छन् । साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । 

बैठक साउन २८ गतेसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्