आज यी प्रदेशमा भारी वर्षा

बिहीबार, साउन ११, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले  आज चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राती कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

विभागले भारी वर्षाका हुन सक्ने बाढी- पहिरोबाट सतर्कता अपनाउन आग्रह समेत गरेको छ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:२२
प्रतिक्रिया दिनुहोस्