हजारौं प्रदर्शनकारीले सर्वोच्च अदालत घेरेपछि बंगलादेशका प्रधानन्यायाधीशले दिए राजीनामा

शनिबार, साउन २६, २०८१

काठमाडौं । बंंगलादेशमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालत परिसर नै घेराबन्दी गरेपछि त्यहाका प्रधानन्यायाधीशले राजीनामा दिएका छन् ।

प्रधानन्यायाधीश ओबेदुल हसनको राजीनामा माग्दै हजारौं प्रदर्शनकारीले सर्वोच्च अदालत परिसर घेरेपछि उनले राजीनामा दिएका हुन् ।

आज बिहाननै देखि सर्वोच्च परिसर पुगेका हजारौं प्रदर्शनकारीले प्रधानन्यायाधीशलाई राजीनामा दिन आज दिउँसो १ बजेसम्मको समय दिएका थिए। तर प्रधानन्यायाधीश हसनले उक्त समय अघिनै राजीनामा गरेको बताइएको छ। प्रदर्शनकारीले प्रधानन्यायाधीशले राजीनामा नदिए उनको निवास घेर्ने चेतावनी दिदा उनले तत्काल नै राजीनामा गरेका छन् ।

प्रधानन्यायाधीश हसनले सर्वोच्च परिसरमा उपस्थित भएका पत्रकारहरुसँँग कुराकानी गर्दै पदबाट राजीनामा दिएको बताएका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्