ब्राजिलमा जहाज दुर्घटना, ६१ जनाको मृत्यु

शनिबार, साउन २६, २०८१

काठमाडौं  । साओपाउलोमा जहाज दुर्घटना हुँदा चालक दलका ४ सदस्यसहित जहाजमा सवार सबै ६१ जनाको मृत्यु भएको छ । ब्रजिलको साओपाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य बोकेको जहाज दुर्घटना हुँदा सवार सबै ६१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

वोएपास एयरलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप जहाज दक्षिणी राज्य परानाको कास्काभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।

पहिले उक्त जहाजमा ६२ जना भएको बोएपासले बताएको भए पनि पछि भने ६१ जना भएको पुष्टि गरेको थियो । 

दुर्घटनामा परेको विमान दुर्घटनाको डेढ मिनेट पहिले नै उचाइ लिन छाडेको थियो । सीएनएनको रिपोर्टअनुसार उडान ट्रेकिङ डेटाबाट पत्ता लागेअनुसार स्थानीय समय दिउँसो १ः२१ बजेसम्म जहाजले १७ हजार फिटको उचाईमा उडिरहेकामा त्यसको १० सेकेन्डमै लगभग २५० फिट तल झरेको थियो । एक मिनेटमै लगभग १७ हजार फिट तल खसेको जनाइएको हो । 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्