झण्डै ५ करोडको इलेक्ट्रोनिक भेप बरामद

शुक्रबार, साउन २५, २०८१

पर्सा । पर्सा प्रहरीले वीरगन्जबाट पौने ५ करोड रुपैयाँ बढीको इलेक्ट्रोनिक्स भेप बरामद गरेको छ। 

विशेष सूचनाका आधारमा आज दिउँसो वीरगन्ज महानगरपालिका-६ रेल्वेरोडस्थित राम प्रसाद बैरेको घरमा भाडामा लिएर भारतको बिहारका सुदामा प्रसादले भण्डारण गरी राखेको ४ करोड ८६ लाख २४ हजार ८ सय रुपैयाँको इलेक्ट्रोनिक्स भेप बरामद गरेको पर्सा प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले बरामद गरिएको अवैध इलेक्ट्रोनिक्स भेपमा (एल्फ्बार रे डी थ्री २५ हजार पफ्स) ७६ कार्टुन रहेको र प्रति कार्टुन २ सय पिस भेप रहेको जनाएको छ।

जिल्ला प्रहरी पर्साले बरामद गरेको सबै करोडौं मूल्य बराबरको इलेक्ट्रोनिक्स भेपलाई आबश्यक कारबाही र अनुसन्धानका प्रयोगशालामा पठाएको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्