राजस्व अनुसन्धानले रेडी ट्रेडर्सको गोदामबाट फेला पार्यो ११ सय बढी 'ब्रेक शु'

बिहीबार, साउन ११, २०८०

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकणमा  संलग्न रेडी ट्रेडर्सको गोदाममा मारेको छापामा  थप ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ ।

 प्रारम्भिक परिक्षणमा आधाभन्दा धेरै ब्रेक शुबाट तस्करले सुन झिकिसकेको पाइएको विभागले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १ क्विन्टल सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्सको काठमाडौं-१६ सोह्रखुट्टेस्थित गोदाममा विभागले बुधबार विभागले छापा मारेको हो ।

विभागका अनुसार बरामद गरिएका 'ब्रेक शु’ रेडी ट्रेडर्सद्वारा  साउन २ अगाडि विभिन्न मितिमा आयात गरिएको हो।

बरामद गरिएका 'ब्रेक शु' बाट  तस्करले सुन झिकेर लगेको हुनसक्ने विभागको अनुमान छ । ‘बरामद 'ब्रेक शु' लाई ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको विभागले जनाएको छ।

 

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्