अशोकराज सिग्देलले सम्हाले नेपाली सेनाको जिम्मेवारी

शुक्रबार, साउन २५, २०८१

काठमाडौं । नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देलले आजबाट सेनाको नेतृत्व सम्हालेका छन् ।

सिग्देलले  मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलबाट साउन २५ गतेको मितिबाट कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी पाएका थिए ।

प्रधान सेनापति प्रभूराम शर्माले बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो कार्यभार बिहीवार  हस्तान्तरण गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति शर्माले आजदेखि सम्हाल्ने गरी वरिष्ठतम् रथी सिग्देललाई प्रधान सेनापतिको कार्यभार बुझबुझारथ गरेका हुन् । 

मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रूपमा बलाधिकृत रथी सिग्देलले एक महिनापछि जिम्मेवारी सम्हालेका हुन् ।

प्रधान सेनापति शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा गएका हुन्। प्रधान सेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले सैनिक नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्