काठमाडौं महानगरको कार्यालय नजिक सडक भाँसियो

शुक्रबार, साउन २५, २०८१

काठमाडौं  । काठमाडौंको व्यस्त सडक भाँसिएको छ।काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै सडकमा ठुलो भ्वाङ परेको छ ।

टुकुचा खोलामाथि बनाइएको सडक भाँसिदा रातिदेखि आवागमन पनि रोकिएको छ । 

काठमाडौं महानगरको कार्यालय–काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक भासिएको हो । दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने एकतर्फी सडक भासिएको हो ।

सुरक्षाकर्मीले घेरा हालेर राखेको छ । हिजो रातिदेखि सवारी चलाउन रोक लगाइएको छ ।  यसअघि पनि सोर्हखुट्टेमा सडक भाँसिदा मोटरसाइकल सवार दुई जना ठुलो भ्वाङमा परेका थिए।

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्