रुबी खानको फेरि सुरु भयो माइतीघरमा धर्ना

शुक्रबार, साउन २५, २०८१

काठमाडौं  । पटकपटक आफ्ना मागहरु राख्दै धर्नामा बस्दै आएकी बाँकेकी रुबी खानले फेरि काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु गरेकी छिन् ।

निर्मला कुर्मीका लागि न्याय माग्दै आएकी खानले यसपटक निर्मलाको हत्याका मुख्य अभियुक्तलाई प्रदेश सरकारमा मन्त्री बनाएको भन्दै उनको नेतृत्वमा माइतीघरमा धर्ना सुरु गरेकी हुन् ।

आज काठमाडौंको कंंलकीदेखि पैदल आएको रुबी खानको निर्मला कुर्मीको न्यायको लागि संंघर्स समूहले पटकपटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै मन्त्री बनाएको हुँदा सो विरोधमा ५ औं चरणको आन्दोलन सुरु गरेको जनाएको छ।

मन्त्री बनाइएका मुख्य अभियुक्त तत्काल पदबाट हटाउनुपर्ने र निर्मला हत्याको मुद्दा अदालतमा ल्याउनुपर्ने र धर्नामा बसेकाहरुको सुरक्षाको ग्यारेन्टी लगायतका मागका साथ खानको समूह आजदेखि धर्नामा बसेको हो।

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्