चोरी भएको मोटरसाइकलसहित दुई युवक पक्राउ

शुक्रबार, साउन २५, २०८१

रौतहट । रौतहट प्रहरीले चोरी भएको मोटरसाइकलसहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी रौतहटको टोलीले चोरी भएको मोटरसाइकलसहित बौद्धीमाई नगरपालिका-५ का २१ वर्षीय मुकेश कुमार राम र २० वर्षीय अभिषेक यादवलाई पक्राउ गरेको जानकारी दिएको छ।

पोरोहा नगरपालिका-६ का मोतीलाल प्रसाद कुर्मीको ना२०प ५८३२ नम्बरको चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा प्रहरीले बिहीवार अपराह्नमा बौद्धीमाई-५ बाट उक्त मोटरसाइकलसहित अभिषेक र मुकेशलाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ। 

प्रहरीले पक्राउ परेका दुई जनासँँग थप अनुसन्धान भइरहेको र अन्य मोटरसाइकल चोरीका घटनामा उनीहरु पनि संंलग्नता भएको हुन सक्ने आशंंका विस्तृत अनुसन्धानमा गर्दै गरेको रौतहट प्रहरी कार्यालयले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्