नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन: रौनियारको पक्षमा खुल्दै मतदाता

बुधबार, साउन १०, २०८०

सौरभ  गिरी- प्रियास्मृति  ढकाल/नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको आसन्न निर्वाचनलाई लक्षित गरी ललित कुमार रौनियार नेतृत्वको टोलिले घरदैलो अभियानलाई तीब्र पारेको छ ।

 प्रजातान्त्रिक उधोग बाणिज्य संघको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रौनियार नेतृत्वको टोलिले चुनावी अभियानलाई तीब्र पारेको हो ।

नेपालगन्जका स्थायीबासी समेत रहनु भएका रौनियार स्थानीय माझ प्रसिद्ध छन् । आज नगरको त्रिभुवन चोक क्षेत्रमा चुनावी अभियान गरिएको अध्यक्षका प्रत्याशी रौनियारले बताए ।  उनले भने -`अधिकांश व्यापारीको भनाइ स्थानीयलाई जिताउनु पर्छ भन्ने छ । त्यसका हिसाबले म प्रति धेरैको सहानुभूति छ ।´ रौनियार लामो समयदेखि व्यवसायीक हकहितमा वकालत गर्दै आएका छन् ।

पदमा नभएपनि रौनियारले नेपालगन्जका व्यवसायीहरुको सवालमा वकालत गर्दै आएका छन् ।`व्यवसायीक हकहितको सवालमा मेरो कुनै सम्झौता हुन्न उनले भने-`नेपालगन्ज उधोग बाणिज्य संघमा देखिएको व्यथितिलाई थिति बसाल्न मेरो उम्मेदवारी हो ।´

स्थानीय अधिकांश व्यवसायी रौनियारको पक्षमा देखिएका छन् । मतदाताहरु रौनियारको पक्षमा खुल्दै गएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २२:३१
प्रतिक्रिया दिनुहोस्