बाँकेको ढकेरीमा स्कुल बसको ठक्करले युवकको मृत्यु, दर्जनबढी बाख्रा मरे

बिहीबार, साउन २४, २०८१
Neuro hospital Nepalgunj

बाँके  । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूूर्व-पश्चिम राजमार्गमा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

कोहलपुरबाट विद्यार्थी छोडन गाउँपालिकाको वडा नम्बर ९ ढकेरी जाँदै गरेको ना४ख ४५७० नम्बरको स्कुल बसले आज अपराह्न  ढकेरी पुल नजिक ठक्कर दिदा २५ वर्षीय युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

कोहलपुर-१२ स्थित ज्ञानकुण्ज माध्यमिक विद्यालयको उक्त बसको ठक्करले १८ बाख्रासमेत मरेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्