६ क्विन्टल बढी गाँजासहित दुई भारतीय पक्राउ

बिहीबार, साउन २४, २०८१

महोत्तरी । भारततर्फ ६ सय किलो (६ क्विन्टल) बढी गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६ सय ११ किलोग्राम गाँजासहित उनीहरू गएराति पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार विहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरीलाई पक्राउ गरिएको हो । 

मिनी ट्रक  प्रयोग गरेर उनीहरूले गाँजा तस्करीको प्रयास गरेका थिए । तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्