त्रिभुवन विमानस्थल अवतरण गर्दै गरेको टर्किस एयरको जहाज 'ओभरसुट'

बिहीबार, साउन २४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको जहाज अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । 

फ्लाइट राडरका अनुसार आज बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । 

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलरका अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्