कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

बुधबार, साउन २३, २०८१

काठमाडौं ।नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । 

बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुनेछ । 

साथै बैठकमा समसामयिक राजनीतिक, पार्टीको सङ्गठन सुदृढीकरण लगायतका बारेमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्नेछन् । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्