काठमाडौंको एक गोदाममा राजस्व अनुसन्धानको छापा, ठुलो परिमाणमा 'ब्रेक शु' बरामद

बुधबार, साउन १०, २०८०

काठमाडौं ।१ क्विन्टल सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले  सोह्रखुट्टेस्थित  एक गोदाममा छापा हानेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको १ क्विन्टल सुन तस्करी प्रकणमा  संलग्न रेडी ट्रेडर्सको काठमाडौं-१६ सोह्रखुट्टेस्थित गोदाममा विभागले आज छापा मारेको हो ।

विभागले आज छापा मार्दा रेडी ट्रेडर्सको गोदामबाट ठूलो परिमाणमा ‘ब्रेक शु’ बरामद गरेको छ। ती वस्तुमा सुन भए नभएको विभागले केही बताएको छैन् । 

विभागका अनुसार आज बरामद गरिएका 'ब्रेक शु’ रेडी ट्रेडर्सद्वारा  साउन २ अगाडि विभिन्न मितिमा आयात गरिएको हो।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्