इरानलाई हराउँदै नेपाल काभा महिला भलिबलको फाइनलमा
काठमाडौँ । काभा महिला भलिबलमा नेपाल काठमाडौँमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा इरानमाथि सोझो सेटमा जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो ।
लिग चरणमा इरानसँग पराजित भए पनि नेपालले सेमिफाइनलमा बदला लिँदै ३–० को सोझो सेटमा जित हासिल गरेको हो ।
नेपालले अब फाइनलमा बुधबार भारतसँग खेल्नेछ । भारतले भारतले मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३–० कै सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।
लिग चरणमा नेपालले पहिलो पटक भारतलाई हराएको थियो । फाइनल खेल बुधबार साँझ५ बजेदेखि शुरु हुने छ ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १९:०९
प्रतिक्रिया दिनुहोस्