कार्यबहाकको जिम्मेवारी दिएर कमाउन बिदेश लागे वडाध्यक्ष

मंगलबार, साउन २२, २०८१
Neuro hospital Nepalgunj

दाङ । दाङको राप्ती गाउँपालिका -८ का वडाध्यक्षले कार्यबहाकको जिम्मेवारी अर्कैलाई सुम्पेर कमाउनका लागि भनेर बिदेश गएका छन् । गाउँपालिका- ८ मा २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भइ निर्वाचित चन्द्रबहादुर गुरुङ साउन २० गते कमाउनको लागि भन्दै बेलायत गएका हुन ।

वडाध्यक्ष चन्द्रबहादुरले आँफु बेलायत कमाउन जाँदा कार्यवाहकको जिम्मेवारी एमालेबाट निर्वाचित वडा सदस्य चम्फा पुनलाई दिएका छन् । चम्फाले वडाध्यक्ष चन्द्रबहादुरले आँफु फर्किएर नआउँदा सम्मका लागि कार्यबाहकको जिम्मेवारी सम्हाल्न आग्रह गरेको बताइन।

वडाध्यक्षमा निर्वाचित हुनु भन्दा पहिले चन्द्रबहादुर सोही वडाको कार्यालय सहयोगीका रुपमा काम गर्थे । एमालेबाट निर्वाचित तत्कालिन वडाध्यक्ष गोकणर्बहादुर रानाले त्यतिखेर चन्द्रबहादुरलाई आफ्नो कार्यालय सहयोगीको रुपमा राखेका थिए ।

तर, तीनै कार्यालय सहयोगी चन्द्रबहादुरलाई गत स्थानीयतहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । आमाको उपचार गर्दा र निर्वाचन लड्दा लागेको ऋणका कारण चन्द्रबहादुर बिदेश गएको उनको पारिवारीक स्रोतले बताएको छ ।

उनलाई कति ऋण लागेको थियो भन्ने कुरा भने स्पष्ट भइ सकेको छैन । सार्वजनिक भएका खबरहरु अनुसार गुरुङको परिवारलाई झन्डै ४० लाख ऋण रहेको थियो । गुरुङका दुई छोरा मध्य एक जना कक्षा १२ र अर्कौ कक्षा ८ मा निजी बिद्यालयमा अध्यनरत छन् ।

स्थानीयका अनुसार चन्द्रबहादुरका स्वर्गिय बुवा निनमबहादुर बेयायती सेना थिए । जस्को मृत्यु भएको करिब १६ बर्ष अघि मृत्यु भएको थियो । चन्द्रबहादुरकी आमा बालिकादेबीको पनि एक बर्ष पहिले मृत्यु भइ सकेको छ । बेलायत सरकारले आफ्नो पूर्व सेनाका परिवारलाई पनि रोजगारीको अबशर दिदै आएको छ ।

तर, बुवा र आमा दुबैको मृत्यु भएको दुई बर्ष भित्रै सञ्तानले त्यसका लागि निबेदन दिनु पर्ने हुन्छ । आमाको मृत्यु पछि त्यो प्रक्रिया वडाध्यक्ष चन्द्रबहादुरले थालनी गरेका थिए । सोही निवेदनका आधारमा बेलायत सकारले रोजगारीको अबशर दिने भएपछि चन्द्रबहादुर बेलायत गएको स्रोतको दाबी छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्