पहिरोले घर पुर्दा बाग्लुङमा ८ जनाको मृत्यु

मंगलबार, साउन २२, २०८१
Neuro hospital Nepalgunj

बाग्लुङ । बाग्लुङमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ । आज बिहान बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना  र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर बगाउँदा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरोमा परेर ४ जना घाइते भएका छन् ।

आज बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छ जनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । 

पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । 

मृत्यु हुनेमा बडीगाड गाउँपालिका १० मा घर बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२र१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विक रहेका छन् ।

त्यस्तै वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको  प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्