डेंगुबाट ५० वर्षीय पुरुषको मृत्यु

मंगलबार, साउन २२, २०८१

नेपालगन्ज । डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । तनहुँका ५० वर्षीय एक व्यक्तिको डेंगु संक्रमणका कारण मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

ती व्यक्तिमा दीर्घकालीन स्वास्थ्य समस्या समेत थियो । हालसम्म ७३ जिल्लाका २ हजार ३६५ जनामा डेंगु पोजिटिभ देखिएको महाशाखाले जनाएको छ । 

हालसम्म ५ जिल्लामा एक सय भन्दा बढीमा डेंगु संक्रमित भइसकेका छन् । काठमाडौंमा २८७, कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६ र तनहुँमा ११० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्