पहिरोमा पुरिएर गुल्मीमा ४ र बाग्लुङमा एकजनाको मृत्यु

मंगलबार, साउन २२, २०८१
Neuro hospital Nepalgunj

गुल्मी । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर ४ जनाको मृत्यु भएको छ भने बाग्लुङमा एक जनाको मृत्यु भएको छ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी सोही स्थानका ३१ वर्षीय बिष्णु विक र उनकी श्रीमती २३ वर्षीय मुना विक घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ ।

त्यस्तै  बडिगाड गाउँपालिका-९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एक जनाको मृत्यु भएको छ।भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

बडिगाड गाउँपालिका-१० दर्लिङमा तीन वटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । 

ती घरमा मानिस भए नभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्णबहादुर केसीले बताए । 

 

 

 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्