मेरो कार्यकालमा खेलकुद क्षेत्र विवादरहित बनाउने मुख्य लक्ष्य छ: खेलकुदमन्त्री

मंगलबार, साउन २२, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ। आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दाबी गरेका छन् । मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा यसको विकास गर्ने धारणा राखे । 

भविष्यमा राजनीतिज्ञहरूका लागि पनि खेलकुद मन्त्रालय रोजाईमा पर्ने तवरबाट काम गर्ने बताए । मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्ने औंल्याए। 

उनले भलिबल खेल्दा विभिन्न संस्थानको प्रतिनिधित्व गरेर खेल्ने गरे पनि अहिले त्यो अवस्था नरहेको उल्लेख गर्नुभयो । अहिले विभागीय टोलीमा मात्र छन् र खेलाडीहरूलाई राम्रो अवसर दिनेसके पलायन हुनबाट रोक्न सक्ने मन्त्री चौधरीको भनाइ छ । 

आफ्नो कार्यकालमा खेलकुद क्षेत्र विवादरहित बनाउने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री चौधरीले ऐननियम अनुरूप नै आफू अगाडि बढ्ने बताए ।

राष्ट्रिय खेलकुद आयोेजनाका लागि अब झन्डै ९० दिन बाँकी रहेको र आफूले व्यवस्थित तवरबाट खेल आयोजना गर्नेगरी योजना बनाउन आफू मातहतका निकायलाई निर्देशन दिएको मन्त्री चौधरीले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०८:३९
प्रतिक्रिया दिनुहोस्