काभा भलिबल: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

सोमबार, साउन २१, २०८१
Neuro hospital Nepalgunj

काठमाडौँ । नेपाल काठमाडौँमा जारी काभा महिला भलिबल लिगको सेमिफाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले एकतर्फी प्रदर्शन गर्दै माल्दिभ्सलाई २५–८, २५–१९ र २५–१८ ले जित्यो । 

यो जितसँगै नेपाल दोस्रो हुँदै सेमिफाइनलमा पुग्यो । भारत १० अंकसहित शीर्ष स्थानमाक रहँदै सेमिफाइनलमा पुग्यो भने नेपाल ९ अंकसहित दोस्रो हुँदै सेमिफाइनलमा पुग्यो । 

त्यस्तै ७ अंकसहित तेस्रो स्थानमा रहेर इरान तथा चौथो स्थानमा रहेर श्रीलंका सेमिफाइनलमा पुगेको छ । 

सेमिफाइनलमा नेपालको भिडन्त इरानसँग हुनेछ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । 

सेमिफाइनल खेल मंगलबार हुने छन् । मंगलबार अपरान्ह ३ बजे भारत र श्रीलंका तथा साँझ ५ः१५ बजे नेपाल र इरान खेल्नेछन् । 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १८:३२
प्रतिक्रिया दिनुहोस्