सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । शेयरको मूल्य कृत्रिम रुपमा बढाइएको सांसद डा. अमरेशकुमार सिंहले आरोप लगाएका छन् ।
आजको प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद सिंहले अहिले शेयरको मूल्य कृत्रिम रुपमा बढाइएको बताउँदै आम जनतामाथि ठगी हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
संसद बैठकमा बिना आधारमा कम्पनीका शेयर मूल्य बढिरहेको उदाहरण दिँदै उनले आम जनतालाई ठगी गर्ने धन्दामा लागेका कम्पनीमाथि कडा निगरानी राख्न र उनीहरुमाथि छानबिन गर्नका लागि सरकारसँग एउटा समिति गठन गर्न माग गरेका छन् ।
उनले बुक भ्यालु सयभन्दा कम भएका कम्पनीको मूल्य अहिले तीन चार गुणासम्म बढेको बताउँदै यसको नियमन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।