सुन प्रकरणको छानबिन समिति गठन नगरेसम्म एमालेले संसद चल्न नदिने

बुधबार, साउन १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । १क्विन्टल अवैध सुन प्रकरणको छानबिन नगरेसम्म नेकपा एमालेले संसद चल्न नदिने भएको छ। एमालेले आजको प्रतिनिधि सभा बैठकमा रोष्ट्रम घेराउ गर्दै संसद अवरुद्ध गरेको हो । 

उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद चल्न नदिने एमालेको अडानसँगै सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरी साउन १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेका छन् । 

एमालेले सुन तस्करलाई तत्काल पक्राउ गर्न आग्रह गरेको छ । एमालेसँगै नेपाली कांग्रेसका सांसदहरुलेसमेत कारबाहीका लागि माग गरेका छन् ।

एमाले, कांग्रेससँगै राप्रपा र रास्वपाका सांसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको राजीनामा मागेका छन् । 

गत साउन ३ गते करिब सय किलो अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो । 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्