भारतको केरल पहिरोमा अहिलेसम्म ३५७ को मृत्यु, २ सयबढी बेपत्ता

आइतबार, साउन २०, २०८१

काठमाडौं । भारी बर्षापछि भारतको केरल राज्यमा आएको पहिरोले ४ गाँउ बगाउँदा हालसम्म ३५७ जनाको मृत्यु भएको छ भने २ सय जना अझै बेपत्ता भएका छन् । 

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पहिरो प्रभावित वायनाडमा फसेकामध्ये  ३५७  जना मृत फेला परेको र २०६ व्यक्ति अझै बेपत्ता रहेको बताएका छन् । उनले उद्धार कार्य अन्तिम चरणमा रहेको पनि बताएका छन् । 

उनले भने, “पहिरोमा फसेकामध्ये २१५ जनाको उद्धार गरिएको छ भने २०६ जना अझै बेपत्ता रहेका छन् । पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका ८३ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको र कुल १० हजार ४२ जनालाई आश्रय शिविरमा सारिएको छ ।” 

पहिरोले पुरै भत्किएको छुरलमालाको वस्तीलाई सारी अर्को वस्ती निर्माण गर्नुपर्ने देखिएको मुख्यमन्त्री विजयनले बताए । यसैबीच, वायनाडबाट लोकसभामा निर्वाचित विपक्षी नेता राहुल गान्धीले चुरलमालामा १०० घर निर्माण गर्ने घोषणा गरेका छन् । 

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैँयाले पनि १०० घर निर्माण गर्ने प्रस्ताव गरेका छन् । उनले मुख्यमन्त्री दैवी प्रकोप राहत कोषमा चन्दा नेट बैंकिङ मार्फत गर्न सकिने बताउँदै र राहत कोषमा योगदान पुर्‍याउने कलाकार, प्रतिपक्षी दलका नेता, उद्योगी व्यवसायीलगायतलाई पनि धन्यवाद दिएका छन् । त्यहाँको उद्धार कार्यमा १४ बढी सेना परिचालन गरिएको छ।

 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्