टिपरको ठक्करले मृत्यु भएपछि घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध

आइतबार, साउन २०, २०८१
Neuro hospital Nepalgunj

घोराही । दाङको घोराहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि मृतकका आफन्तहरुले सडक अवरुद्ध पारेका छन् ।

शनिबार टिपरको ठक्करले मोटरसाइकल चालक घोराही–९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको थियो।

जिल्ला प्रहरी दाङका अनुसार शनिबार घोराही-तुलसीपुर सडकअन्तर्गत सौरीकुलामा विपरीत दिशातर्फ आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै चालकलाई कारबाहीको माग गर्दै घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध गरिरहेका छन् । आफ्ना माग पूरा नभएसम्म सडक अवरुद्ध गर्ने पीडितहरुले बताएका छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्