बाढीले बगाउँदा तुलसीपुरमा दुई महिला बेपत्ता

शनिबार, साउन १९, २०८१
Neuro hospital Nepalgunj

दाङ  । दाङको  तुलसीपुर उपमहानगरस्थित खाद्रे गाउँमा खहरे खोलाले अटो बगाउँदा दुई जना बगेर बेपत्ता भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका – ४ खाद्रे गाउँस्थित बेतनी खोलामा आएको बाढीले अटो बगाउँदा खाद्रे गाउँकी ५६ बर्षीया सीता आले र सुर्खेत जिल्ला घर भइ खाद्रे गाउँमै बस्दै आएकी १७ बर्षीया मञ्जु खड्का बगेर बेपेत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

शुक्रबार बेलुका तुलसीपुर बजारबाट खाद्रे गाउँ तर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो तुलसीपुर– ४ स्थित बेतनी खोलामा आएको बाढीले बगाएको थियो ।

अटोमा पाँच जना सवार थिए । चालक खाद्रे गाउँका ४६ बर्षीय हरिकिशन बिक, स्थानीय ३४ बर्षीया सुनिता थापा र उनका ७ बर्षीय छोरा सुशान्त आले भने बाढीबाट उत्रन सफल भएका थिए । आमा सुनिताले आँफुसहित छोरा सुशान्तलाई पनि जोगाउन सफल भएकी थिइन ।

बर्षाका कारण खाद्र भएर बग्ने खहरले बेतनी खोलामा शुक्रबार बेलुका ठूलो बाढी आएको थियो । अटो चालकले बाढीको अवस्था अन्दाज नगरी अटो खोलामा हाल्दा बगाएको थियो ।

खोलाले बगाइ बेपत्ता रहेका सीता आले र मञ्जु खड्काको खोजी कार्य जारी छ ।घटनास्थल खाद्रे प्रहरी चौकी बाट झन्डै डेढ किलोमिटर उत्तर पश्चिम र तुलसीपुर बजारबाट १३ किलोमिटर उत्तर पूूर्वमा पदर्छ। खोलाले अटोसहित यात्रु बगाएको भन्ने सूचना पाउना साथ इप्रका तुलसीपुरबाट खटिएको टोलीले उद्दार गरेको थियो।

त्यस्तै शुक्रबार राति करिब पौने दश बजेतिर अर्कौ एउटा अटोलाई पनि काला खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर बजार बाट बिजौरी तर्फ जाँदै गरेको रा १ ह २३५७ नम्बरको अटोसहित चालकलाइ काला खोलामा आएको बाढीले बगाएको थियो ।

अटोमा चालक तुलसीपुर – ७ पर्सेनी गाउँका २२ बर्षीय दुर्गाबहादुर पुन एक्लै सवार थिए । उनले मापसेपनि गरेका थिए । उनको भने केही बेरमै उद्धार भएको थियो।

तुलसीपुर –घोराही सडक खण्ड अन्तरगत पर्ने काला खोलामा आएको बाढीका कारण ह्युमपाइप माथि बाट खोला बगिरहेको थियो ।

अटो बगाएको खबर पाउना साथ इप्रकाबाट प्रहरी प्रमुख डिएसपी ठाकुरप्रशाद पोख्रेलको नेतृत्वका खटिएको ७ जनाको प्रहरीले चालक पुनको उद्धार गरेको तुलसीपुर प्रहरीले जमाएको छ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्