प्रधानमन्त्रीले नियुक्त गरे तीन राज्यमन्त्री

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पुर्णता दिएका छन् । आज प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका दुई जना र नाउपाबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन्। 

प्रधानमन्त्री ओलीले काँग्रेसबाट रुपा बिक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्री बनाएका छन्  भने नाउपाबाट अरुण चौधरीलाई राज्यमन्त्री बनाएका हुन् ।

अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरिएको हो।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्