बाग्लुङको होटलमा मृत भेटिएका वरिष्ठ सई पौडेलको हत्या भएको खुलासा

बुधबार, साउन १०, २०८०
Neuro hospital Nepalgunj

बाग्लुङ । बाग्लुङस्थित इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्च  वरिष्ठ प्रहरी नायब निरीक्षक  उज्वल पौडेलको हत्या भएको रहस्य खुल्न आएको छ।

मंगलबार बिहान १ बजे पौडेल मृत भेटिएको होटलका  सञ्चालक ४५ वर्षीया आशा कुँवर र उनका २० वर्षीय छोरा बिनोद कुँवरलाई प्रहरीले  पक्राउ गरेर अनुसन्धानका क्रममा उनीहरुले हत्या गरेको स्वीकार गरेका हुन् ।

होटलमा खाजा खान गएका वरिष्ठ प्रहरी नायब निरीक्षक  पौडेलसँग उनीहरुको सामान्य विवाद हुँदा कुटपिटमा उत्रिएका थिए। निर्घात कुटपिटपछि बेहोस भएका पौडेललाई आमा-छोरा मिलेर कपडाले घाँटी कसेर हत्या गरेको कबुल गरेको जिल्ला प्रहरी बाग्लुङले जनाएको छ।

प्रहरीले आमा-छोरासँग हत्या बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्