खेतमा घान गोड्दै गरेकी महिलाको बाघको आक्रमणबाट मृत्यु

बिहीबार, साउन १७, २०८१
Neuro hospital Nepalgunj

दोधारा । खेतमा गएकी एक महिलाको कञ्चनपुरमा बाघको आक्रमणबाट  मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका- २ कमलसा टोलमा बाघको आक्रमणबाट २३ बर्षीया महिला हिरा शाहको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। 

खेतमा धान गोडिरहेको अवस्थामा बाघले एक्कासी आक्रमण गरी उनलाई घिसार्दै लगेको स्थानीयले बताएका छन् । 

स्थानीयले खबर गर्नासाथ प्रहरी टोली खोजतलासका लागि जाँदा नजिकै रहेको उखुबारीमा मृत अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्